सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो
१ कात्तिक, काठमाडौं
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ।
आज छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० र चाँदीको मूल्य १४ सय १० रुपैयाँ तोकिएको छ ।
गलबार एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ३५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।
यस्तै, चाँदी १३ सय ७५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।
टिप्पणीहरू