त्रिदेशीय टि-२० सिरिज आजदेखि, युएईसँग खेल्दै नेपाल
काठमाडौं, युएई र हङकङबीचको त्रिदेशीय टि-२० सिरिज आजदेखि सुरू हुँदैछ। सिरिजको पहिलो खेलमा आज दिउँसो १ बजेदेखि नेपाल र युएई बीच मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ। त्रिकोणात्मक सिरिजमा टोलीमा रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।
नेपालले र युएई बिचाको टि-२० खेलमा मा हालसम्मका पाँच खेलमा युएईले ३ र नेपालले २ खेल जितेको छ।नेपालले सिरिजको अर्को खेल कात्तिक ३ गते (पर्सी) हङकङसँग खेल्नेछ। सिरिजमा लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
टिप्पणीहरू