२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई १९.१ ओभरमा ४६ रन बनाएर अलआउट गरेर ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

 पहिले ब्याटिंग गरेको नेपालले  ३४७ रनको विशाल योगफल तयार पारेको हो ।नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रन बनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रे १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे । साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिए ।

उता साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउटहुदा  नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।

योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।

 

 



टिप्पणीहरू

सम्बन्धित समाचार