२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टि-ट्वान्टी  श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटले जित निकालेको छ । हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन र  जिसन अलीको १७ सहयोगले ९४ रन को योगफल तयार परेको थियो  ।

हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा  आसिफ शेख  ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झा नटआउट १४ र कुशल भुर्तेलको ८ रन को सहयोगमा  ४ विकेट गुमाएर भेट्टायो ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार