विश्वकप छनोटमा नेपाल र लाओस बीचको फिफा दोस्रो लेग आज हुँदै
लाओसको राजधानी भ्येनट्यान स्थित नेपाल र लाओस बीचको फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेग आज (मंगलबार ) नेपाली समय अनुसार साँझ ५:४५ बजे हुँदैछ लाओस राष्ट्रिय रंगशालामा सुरु हुने छ।
काठमाडौंमा गत बिहिबार भएको पहिलो खेल १-१ को बराबरीमा टुंगिएको कारण यो खेल पहिलो खेल भन्दा बढी महत्वपुर्ण हुनेछ । जित हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश गर्ने छ। दोस्रो चरण समूह चरण हुने भएकाले कमजोर टोलिहरुले बलियो टोलीको सामना गर्ने मौका पाउने गर्दछन्। नेपालले पछिल्लो पटक विश्व कप छनोटको तेस्रो चरणसम्म खेलेको थियो ।
यसपाली अवे गोलको नियम नरहेको हुँदा खेलको ९० मिनेट सम्ममा कुनै टोलि विजयी भए दोस्रो चरण बढ्ने छ ।तर ९० मिनेट सम्म पनि नतिजा आउन नसके खेल ३० मिनेटको थप समयमा जाने छ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।
खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीले गर्ने छ।
टिप्पणीहरू