न्युजिल्याण्ड एकदिवसीय विश्वकप क्रिकेटको शीर्षस्थानमा
काठमाडौं भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार चौथो जित निकाल्दै न्युजिल्याण्ड शीर्षस्थानमा उक्लिएको छ।
यसअघि इंग्ल्यान्डलाई ९ विकेटले, नेदरल्यान्ड्सलाई ९९ तथा बंगलादेशलाई ८ विकेटले हराएको न्युजिल्याण्डले गएराति अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले हरायो।
टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेटको गुमाउदै २८८ रन बनायो।न्युजिल्याण्ड लागि ग्लेन फिलिप्सले बलमा ४ चौका र ४ छक्का को सहयोगले ८० बलमा ७१ रन बनाए।त्यस्तै कप्तान टम लाथमले ६८ र विल योङले ५४ रन बनाए। भने अफगानिस्तानका अजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान २ विकेट लिए।
न्युजिल्याण्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा १३९ रनमै अलआउट भयो। उसका रहमात शाहले ६२ बलमा १ चौकासहित सर्वाधिक ३६ रन बनाए। आजमतुल्लाह ओमरजाई २७ रन बनाउनु बाहेक उल्लेख्य योगदान दिन सकेनन्।
न्युजिल्यान्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान ३ विकेट लिँदा ट्रेन्ट बोल्टको नाममा २ विकेट रह्यो।
टिप्पणीहरू