फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले जित हात पारेको छ।  अञ्जन विष्टको पासमा ५३ मिनेटमा मनिष डाँगीले गरेको गोल ले लाओसलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो

दुई लेगको प्रतिस्पर्धामा दोस्रो लेगमा नेपाल समग्रमा २-१ ले अघि रहदै दोस्रो चरणमा पुग्यो। गएको  साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए। दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै युएई, यमन र बहराइनसँग प्रतिस्पर्धा हुनेछ। 

 



टिप्पणीहरू

सम्बन्धित समाचार