भोलि दशैँमा कहाँ कसरी टिका लगाउने ?
काठामाडौं , ६ - बिस्वभर फैलिएर बसेका हिन्दुहरुको महान चाड दशैँ हो।अरु दीन सुभ कामको लागि साहित हेरेपनि दशैको दिन टीकाका लागि गरिरहन पर्दैन । तथापि यो दशैमा नेपालमा १०:३७ देवि बिसर्जन गरिसके पछि ११:०२ बजेको साइतमा अग्रजबाट टीका ग्रहण गर्नु उत्तम मानिएको छ । बिस्वभर नेपालि हरु फैलिएर बसेको हुनाले अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णयक समितिले विभिन्न देश हरुको साहित पनि तय गरेको छ। यो सालको विजयादशमीको दिन चन्द्रमा कुम्भ राशीमा अर्थात् पश्चिममा भएकोले दसैको टीका लगाउदा पश्चिम मोहडा गरि लगाइनु पर्छ । तर दिइएको साइतमा मात्र टीका लगाउनु पर्छ भन्ने चाहिँ होइन देवि बिसर्जन पच्चात आफ्नो अनुकुन समयमा टीका लगाउन सकिन्छ ।
अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णय समितिले निर्णय गरेको शुभ साइत जुन देशको सुर्योदयको समयमा दशमीको दिनपर्छ त्यो दिन नै टीका ग्रहण गनुपर्ने हुने ।अन्तरास्ट्रिय पन्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचर्य लक्ष्मण् पन्थीले बताउनु भयो ।
टिप्पणीहरू