१४ कात्तिक, काठमाडौं । नेपाल भ्रमण रहेका  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज नेपालको संसदमा सम्बोधन गर्दैछन् ।

गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई  सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।

सभामुख देवराज घिमिरेले  भवन को निरिक्षण गरेपछि औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्ने सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि निमनत्रणा दिइएको छ ।

आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम छ ।

महासचिव गुटेरेस बुधबार फर्किनेछन् ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार