रुपन्संदेही ,१४ - सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्ड लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले स्वागत गरे।

प्रधानमन्त्री प्रचण्डसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली बिहानै लुम्बिनी पुगेका छन्।

पोखरामा रहेका महासचिव गुटेरेस त्यहाँबाट सिधै लुम्बिनी आएर आजै काठमाडौं फर्कनेछन्।

आज अपराह्न ४ बजे उनले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्।

 



टिप्पणीहरू

सम्बन्धित समाचार