टेरेस १२ कात्तिकमा नेपाल आउने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भएका छन् ।पूर्वनिर्धारित कार्यतालिका विश्व राजनीतिमा देखिएको बदलावको कारण देखाउदै स्थगित गरिएको भ्रमण १२ कात्तिकमा नेपाल आउने भएका छन् ।स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिव रमेश मल्लले अनलाइनखबरलाई जानकारी दिए ।
‘यूएन महासभाका क्रममा प्रधानमन्त्रीले दिनुभएको निम्तोलाई मानेर महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउनु हुने भएको छ’, मल्लले भने, ‘उहाँको भ्रमण पूर्वनिर्धारित भएकाले यसअघि तय भएको एजेन्डामा छलफल हुनेछ । त्यसपछि उहाँ १५ कात्तिकमा फर्किने कार्यक्रम रहेको छ ।’
नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र अल्पविकसित मुलुकहरूको संगठन (एलडीसी) र यसको स्तरोन्नतिका लागि अन्य मुलुकको भूमिकाका विषयमा सरोकारवाला पक्षहरूसँग संवाद गर्नेछन् ।भ्रमणका क्रममा गुटेरेसले १३ कात्तिकमा नेपालको संघीय संसदलाई समेत सम्बोधन गर्ने भएका छन् ।
त्यसबाहेक जलवायु परिवर्तनका कारण देखिएका असरका विषयमा छलफल हुनेछ भने महासचिव गुटेरेसलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन गराइने भएको छ ।यस्तै भ्रमणका क्रममा एलडीसीमा स्तारोनतिका लागि सदस्य राष्ट्र रहेका ४७ वटा मुलुक तथा अध्यक्ष राष्ट्र रहेको नेपालका विषयमा समेत छलफल हुनेछ ।
टिप्पणीहरू