बिआरआई फोरममा सहभागी हुन असोज २९ गते चीन गएका उपप्रधानमन्त्री नारायण काजि श्रेष्ठ  हृदयघात भएको छ । श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भएको थियो। अहिलेव अस्पतालमा स्टेन्ट राखेर उपचार गरिएको छ । अस्पतालले चौबीस घन्टा अब्जरभेसनमा राख्नुपर्ने जानकारी  गराएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै उनी उपचारका लागि केही दिन चीनको बेइजिङमै रहने जानकारी लिइरहेको र अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपचारका लागि थप केही दिन बेइजिङमै रहने भएका छन्।

 



टिप्पणीहरू

सम्बन्धित समाचार