लिग लिग कोटको नया राजा गजेन्द्र राई बनेका छन्
१ कात्तिक, गोरखा ।
नेपाल एकीकरण पुर्व वि.सं. १६०४ मा सुरु भएकोदौड प्रतियोगितालाई निरन्तरता दिने क्रममा गोरखाको पालुङटारमा बुधवार आयोजित ११ औं लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । लिगलिगकोटमा दौडमा प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।तथापि आन्तररिक पर्यटन पर्बर्दन तथा परम्पराको निरन्तरताको लागि पुन सुरु गरिएको दौडमा चेपेघाटदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर दुरी राइले ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए । खोटाङ घर भएका उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् ।
निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो बनेका छन् भने तेस्रो अनिस थापा छन् । निर्धारित दुरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए ।
दौडको उपाधि बिजेता राईलाई एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र पनि दिइने तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गर्ने कार्यक्रम रहेको आयोेजक लिगलिग विकास अभियानका अध्यक्ष संजिव राना मगरले बताए । त्यसैगरी दौडमा दोस्रो भएका रावतले ५० हजार र तेस्रो बनेका थापाले २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
दौडमा २१ जना स्थानीय धावकसहित कुल ७० जनाको सहभागीता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारो हुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो ।
टिप्पणीहरू