त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलमा यु. ए. ई लाई हराउदै नेपालको को सुखद सुरुआत
काठमाडौँ ।काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ । पहिले ब्याटिङको गरेको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तीन विकेट गुमाएर १८.५ ओभरमा कप्तान रोहित पौडेलले अविजित ५१ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको सहयोगले एक सय ४४ रन बनाउँदै विजय प्राप्त गर्यो ।
त्यस्तै लेग स्पीनर मौसम ढकालले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । बुधबारको खेलमा सन्दीपको स्थानमा मौसम लाई पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले डेब्यु क्याप दिएका थिए । २ ओभर बलिङ गर्ने अवसर पाएका उनले १४ रन खर्चिए ।
टिप्पणीहरू