काठमाडौँ —सरकारले गएको साता हमासको आक्रमणमा   परेका थप १९ जना नेपालीको उद्धार गरेको छ । दोस्रो चरणमा स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले भारतीय विमानमार्फत् दिल्ली हुँदै नेपाल ल्यायको हो  ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिनुभयो  । उहाँका अनुसार १९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ । दिल्ली आइपुगेपछि नेपालीहरुलाई  नेपाली दूतावासमार्फत् गौरीफन्टा नाका हुँदै  बुधबार कैलाली ल्याउने तयारी छ ।

उद्धार गरिएकाहरुमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा,दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका परराष्ट्र मन्त्रालयले जानेको छ ।

 सरकारले देश फर्किन चाहनेहरुबाट आवेदन माग गरेकोमा ५०३ जनामध्ये अहिलेसम्म २७३ जनालाई नेपाल फर्काइएको छ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार