१ कात्तिक, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पार्टी भित्रको आन्तरिक किचलो पार गर्दै एक मत हुदै  नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ ।आज बुधबार लिने बिस्वासको मतमा मत दिने निर्णय भएको नेपाली कांग्रेस कोशीका महामन्त्री तथा प्रदेश सांसद भूपेन्द्र राईले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेस पार्टी भित्र शेखर कोइराला पक्ष मानिने कार्कीलाई नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले  समर्थन गरि  मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् भने राप्रपा र जसपाले विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्न बाँकी छ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार