परराष्ट्र मन्त्री एनपी साउद अमेरिका भ्रमणमा जाने
परराष्ट्र मन्त्रि एन.पी. साउदको कार्तिक दोस्रो साता अमेरिका भ्रमणमा तय भएको छ ।सन् २०१८ पछि परराष्ट्र मन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका हुन् ।साउदले समकक्षी एन्टोनी ब्लिन्केनसँग भेटघाट गर्ने तय भएको छ। परराष्ट्र मन्त्रीका सचिवालय अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस कात्तिक १२ गते नेपाल आएपछि उनीसँग भेट गर्ने र त्यसपछि भ्रमण तालिका टुंगो लागने जानकारी दिए ।
साउद यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका थिए।
टिप्पणीहरू