१ कात्तिक, विराटनगर । राप्रपाको आज बसेको कोशी प्रदेश बैठकले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । ‘प्रदेशमा विपक्षी चाहिन्छ, हामी विपक्षीमा बस्छौं,’ राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले भने । कार्कीले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले उनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

 

 



टिप्पणीहरू

सम्बन्धित समाचार